हुप्सेकोट गाउँपालिका प्रमुख र स्वास्थ्य शाखाप्रमुखसहित ८ जनामा कोरोना पुष्टी


नवलपुर — पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेलाई कोरोना पुष्टी भएको छ । शनिबार आएको पीसीआरको रिपोर्टमा गाउँपालिका प्रमुख पाण्डेसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

हुप्सेकोट गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले आफूसहित गाउँपालिका अध्यक्षसमेत ८ जनालाई कोरोना संक्रमण भएको पुष्टी गरेका छन् । सापकोटाका अनुसार अनुसार गत कार्तिक १३ गते ४९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएकोमा अध्यक्ष पाण्डेसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुने अन्यमा गाउँपालिकाका ४ जना कर्मचारी,१ जना शिक्षक, १ जना प्रहरी र १ जना स्थानिय किशोरी रहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुस्टि भए पनि संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिईन् । “मसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ,तर सबैको अवस्था सामान्य छ, संक्रमित सबैलाई आत्मबिस्वाश कायम राख्न अनुरोध गर्दछु ” ।

पाण्डेले आफुसँग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन अनुरोध गर्दै गाउँबासिलाई उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाउन समेत अपिल गरिन् ।

प्रतिक्रिया