नेप्सेमा १९.४३ अंकको गिरावट


काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से परिसूचक १९.४३ अङ्कले घटेर २५२८.१६ को विन्दुमा कायम भएको हो ।

आज बजारमा ७४ लाख ८८ हजार २७३ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै ४४.२५ अङ्कले बढेर परिसूचक २५४७.८१ को विन्दुमा बन्द भएको थियो ।

दोहोरो अङ्कले बजार घटे पनि सुभम पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया