जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं-  काठमाडौं महानगरपालिका–३२, जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क ५३६२ नम्बरको टिपरले आइतबार राति पैदल हिँडिरहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई तत्काल ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया