
रौतहटमा बाढीको भेलले बगाएर ३ बालिकाको मृत्यु
रौतहट – रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
गौर–१ स्थित नेपाल–भारत सीमाको नजिकको क्षेत्रमा घाँस लिन गएकी राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीयका अनुसार सात जनाको समूहमा ती बालिका घाँस काट्न गौरतर्फ गइरहेका थिए । त्यही क्रममा ती बालिका बाढीको भेलमा परेर बगेका थिए ।
घटनापछि स्थानीयवासीले तत्काल उद्धार कार्य थालेका थिए । सो क्रममा चार जनालाई जीवितै बचाइएको थियो भने तीन बालिकाको शव पानीमै फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राख्दा मृत बालिकाहरूको शव उद्धार गरिएको हो ।



कागजपत्र |
