
तीनकुनेलाई ‘जेन–जी चोक’ घोषणा गर्न खोज्ने समूहमाथि प्रहरीको बल प्रयोग
काठमाडौं- काठमाडौंको तीनकुने क्षेत्रमा ‘जेन–जी चोक’ घोषणा गर्न मागसहित प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गरेको छ।
आइतबार दिउँसो जेन–जी २.० (सबै पुस्ताको प्रतिनिधि) नामक अभियानका युवाहरूले स्थानीय प्रशासनको अनुमति बिना तीनकुनेमा प्रदर्शन आयोजना गरेका थिए। उनीहरूले तीनकुनेलाई ‘जेन–जी चोक’ घोषणा गर्नुपर्ने माग गर्दै नारा लगाएका थिए।
प्रदर्शनलाई तितर–बितर गर्न प्रहरीले बल प्रयोग गरेको र तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार कार्यक्रमको लागि कुनै अनुमति नलिएर सडकमा भीड जम्मा गरेपछि सार्वजनिक शान्ति भंग हुनसक्ने अवस्थाका कारण हस्तक्षेप गर्नुपरेको हो।



कागजपत्र |
