मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो


काठमाडौं – मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

शुक्रबार बिहान मलेसियाबाट नेपाली टिम स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली महिला खेलाडीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतले स्वागत गरे ।

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो ।

फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १८ ओभरको समाप्तिमा भेट्टाएको थियो ।

सिरिजको पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो।

तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।

प्रतिक्रिया