रित्तो ग्राग्री बोकेर जनप्रतिनिधि विरुद्ध विरोध


काठमाडौं- खानेपानीको हाहाकार भएपछि स्थानीय बासिन्दा खानेपानी माग्दै आन्दोलित भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै धरानबासीहरुले रित्तो ग्राग्री बोकेर धरानका जनप्रतिनिधि विरुद्ध विरोध प्रर्दशन गरेका छन् ।

धरान उपमहानगरपालिका अन्तर्गत खानेपानी व्यवस्थापन बोर्डले पानी वितरण नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । रित्तो ग्राग्री बोकर आन्दोलनमा उत्रिएका हजारौं स्थानीयले धरान उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।

धरान उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि विकास बजेटमा भ्रष्टाचार भएको, जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी नभएको भन्दै आन्दोलनमा उत्रनु परेको धरान १९ का धनकुमार राईले बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण थालिएको खानेपानी आयोजनाको काममा करौडौं रुपैया भ्रष्टाचार भएको भन्दै तत्काल छानवीन गरी दोषीउपर कारवाही गर्न आन्दोलनको नेतृत्व गरेका हर्क साङपाङले माग गरेका छन् ।

 

प्रतिक्रिया