बाढी पहिरोका कारण यी राजमार्ग अवरूद्ध, कुनको अवस्था कस्तो ?


काठमाडौं – बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक खण्डमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ ।

त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

मेची राजमार्गको इलाम खण्ड, तमोर कोरिडोर र कर्णाली कोरिडोरको हुम्ला र कालिकोट खण्ड पनि पहिरोको कारण अवरुद्ध रहेका छन् ।

556865348_782185084700352_4847304500352674361_n

प्रतिक्रिया