
टी-२० शृङ्खलाः नेपाल र मलेशियाबीचको फाइनल आज
काठमाडौं – अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।
मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ।
नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ।



कागजपत्र |
