
मलेशियाविरुद्ध नेपाल विजयी, सिरिजको अन्तिम खेल भोली
काठमाडौं – कप्तान इन्दु बर्माको शानदार पारीले मलेशियाविरुद्धको चौथो खेलमा जित हात पार्दै नेपालले ५ खेलको सिरिज २–२ मा पुर्याएको छ ।
मलेशियामा सम्पन्न खेलमा मलेशियाले दिएको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेटको क्षतिमा ११५ रन बनाउँदै सिरिज बराबरीमा पुर्याएको हो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ४८ रन बनाएकी थिइन् भने रुविना क्षेत्रीले २३ रन बनाइन् । त्यस्तै कविता कुँवरले १६ रन बनाएकी थिइन् ।
त्यसअघि मलेयिशाका लागि मास एलेस्या ले ५६ रनको पारी खेलेकी थिइन् भने महिरा अईले १८ रन बनाएकी थिइन् । नेपालका लागि कविता कुँवरले ३ विकेट लिएकी थिइन् । त्यस्तै पूजा महतो र कविता जोशीले समान १-१ विकेट हात पारेका थिए ।
सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।



कागजपत्र |
