रोशी खोलाले बगाएर तेमालकी एक महिलाको मृत्यु


काभ्रे – रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ ।

रोशी खोलाले बगाएर तेमाल ८ की ५७ वर्षीया डोल्मो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए नबगाएको हेर्न आउँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको जनाइएको छ । उनको शव स्थानीयले खोलाबाट निकालेका थिए ।

यसअघि हिजोमात्रै काभ्रेमै सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर काभ्रेको रोशीमा एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया