
इलाममा पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु, ३ जना बेपत्ता
इलाम – इलाम नगरपालिकामा पहिरोले एक घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको हो ।
स्थानीय रेवज तामाङका अनुसार पहिरोमा अरु तीन जना बेपत्ता भएका छन् ।
दुई जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।



कागजपत्र |
