राइड सेयरिङ सेवाप्रदायकलाई प्रशासनको आग्रह, बढी भाडा असुलेमा कारबाहीको चेतावनी


काठमाडौं — हालको मनसुनजन्य विपद्को अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेको छ।

कार्यालयले शनिबार जारी गरेको सूचनामा यस्तो परिस्थितिमा अत्यावश्यक सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट गरेको छ।

प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘कोही कसैले यसरी ठगी गरेको पाइएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा पेश गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ। यसरी ठगी गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ।’

554126911_1571945160850281_9112680806192015250_n

 

प्रतिक्रिया