
डडेल्धुरामा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ७ घाइते
डडेल्धुरा- कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। मंगलबार दैजीदेखि जोगबुडा तर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको जिप लिपना नजिकै सिउडिबाग मोडमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार घटनास्थलमा एक जना नाबालिकाको मृत्यु भएको छ भने, अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ।
जिप सडकबाट करिब १ सय मिटर तल खसेको थियो दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।



कागजपत्र |
