गृहमन्त्री थापासहित पाँच मन्त्री कारवाहीमा


काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित पाँच मन्त्रीलाई कारवाहीको तयारी अगाडि बढाएको छ ।
माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो ।

उनीहरुलाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको र आजै बुझाउने तयारी भइरहेको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री बनेका थिए ।

५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् । सांसद सदस्य नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उनीहरू पाँचै जनालाई २८ फागुनमा केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

प्रतिक्रिया