नेपालले दियो वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य


काठमाडौं – पूर्व विश्वविजेता वेस्ट इन्डिजलाई नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यूएईमा आजदेखि सुरु भएको वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएपछि वेस्ट इन्डिजले उक्त लक्ष्य पाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने कुशल मल्लले ३० रन बनाए । त्यस्तै गुल्सन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए ।

 

प्रतिक्रिया