
निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक
काठमाडौं- निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको ८९ वर्षको उमेरमा निधन भएको छ । बिहीबार अपराह्न ४ बजे काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।
लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, उनी लामो समयदेखि दम रोगबाट पीडित थिइन्। शारदादेवीका एक छोरा (रमेश लेखक) र चार छोरी छन्।



कागजपत्र |
