भारतकाे लेह–लद्दाखमा जेनजी आन्दोलनः बिजेपी कार्यालयमा तोडफोड, प्रहरीकाे गाडीमा आगजनी


काठमाडाैं- भारतकाे लेह–लद्दाखमा जेनजी आन्दोलनले उग्र रूप लिन पुगेको छ। स्थानीय युवा प्रदर्शनकारीहरूले सडकमा प्रदर्शन गर्दै सत्तापक्षको बिजेपी कार्यालयमा हमला गरेका छन्। प्रदर्शनकारीहरूले ढुंगा प्रहार गर्नुका साथै  प्रहरीको गाडीमा समेत आगो लगाएका छन्।

प्रदर्शनकारीहरू मुख्य रूपमा लद्दाखलाई पूर्ण राज्यको दर्जा र संवैधानिक अधिकारीहरूको बहालीको माग गर्दै आन्दोलनमा छन्। अवस्था बिग्रिरहेको देखेर स्थानीय प्रहरीले प्रदर्शन स्थलमा थप सुरक्षा बल तैनाथ गरेको छ। हाल स्थिति नियन्त्रणमा रहेको छ।

केही प्रदर्शनकारीहरू, जसमा अंचुक र अंचुक डोलमा नामक दुई महिला समेत छन्,। अस्पताल लैजाने क्रममा सडकमा भागदाैड मच्चिँदा प्रदर्शनकारीहरू अझ उग्र बने र लेह हिल काउन्सिल भवनमा ढुंगामुडा गर्न थाले।

सुरक्षा बलहरू र प्रदर्शनकारीबीच झडप भइरहेपछि स्थिति तनावपूर्ण बनेको थियो। केही प्रदर्शनकारीहरूले आरपीएफको गाडीमा आगो लगाउँदा घटनास्थलमा थप सुरक्षा बल तैनाथ गर्नुपरेको छ। अधिकारीहरूले भनेका छन् कि हाल स्थिति तनावपूर्ण भए पनि नियन्त्रणमा छ।

स्थानीय नेतृत्वको यस आन्दोलनमा प्रदर्शनकारीहरूले ६ अक्टोबरमा हुने केन्द्र सरकारसँगको वार्ता अघि नै समाधान खोज्नुपर्ने माग राखेका छन्। आन्दोलनका कारण लेह क्षेत्रमा सामान्य जीवन र यातायात प्रभावित भएको छ।

प्रतिक्रिया