तुइन खोलाको पहिरो पन्छाउने काम सुरु


काठमाडौं — मुग्लिन—नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज बिहानबाट थालिएको छ ।

पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।

त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

पहिरो खसेलगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै देखिन्छ ।

प्रतिक्रिया