तुइन खोलाको पहिरो आज खुल्ने सम्भावना न्यून, यस्ता छन् वैकल्पिक ६ सडक


काठमाडौं – पहिरोका कारण मुग्लिन-नारायणगढ सडकको तुइनखोला क्षेत्र पूर्ण रूपमा बन्द भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

मंगलबार साँझ एक सूचना जारी गर्दै यो सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।

प्रहरीका अनुसार पहिरो खुलाउन दिनभर लाग्ने भएको छ ।

 

यस्तो छ रुट :-

१, चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।

२, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।

३, मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ ।

४, हेटौंडा-काठमाडौं आउजाउ (ठूला सवारीसाधन मात्र) गर्नका लागि कान्तिलोकपथ प्रयोग गर्न सकिने छ ।

५, चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिने प्रशासनले जनाएको छ ।

६,चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोटबाट डेढगाउँ हुँदै तनहुँको भिमादबाट खैरेनीटार निस्कन सकिनेछ ।

प्रतिक्रिया