रुसका राष्ट्रपति पुटिन अझै १६ वर्ष सत्तामा रहन सक्ने, तानाशाह अझै लम्विने


काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्ष सत्ताको नेतृत्वमा रहन सक्ने भएका छन् । बीबीसीका अनुसार सोमबार पुटिनले त्यस्तो विधेयकमा हस्ताक्षर गरेका हुन्, जसले उनलाई सन् २०३६ सम्म अर्थात् अरू दुई कार्यकाल राष्ट्रपति पदमा बस्न सक्ने शक्ति दिएको छ ।

योसँगै पुटिन रुसका तानाशाह जोसेफ स्टालिनभन्दा लामो समयसम्म सत्तामा रहने राष्ट्रपति बन्ने सम्भावना बढेको छ । तर झण्डै २ दशकदेखि सत्तामा रहेका पुटिनले आफ्नो बाँकी कार्यकाल ६ वर्ष पूरा भएपछि फेरि सत्ता प्राप्त गर्ने प्रयासमा लाग्ने वा नलाग्ने भन्ने कुरा पछि निर्णय गर्ने बताएका छन् ।

गत वर्ष रुसमा संविधान संशोधनका लागि जनमत संग्रह गरिएको थियो । जसमा नागरिकले जोडदार ढंगले समर्थन जनाए । यसपछि गत महिना सांसदले विधेयकलाई अनुमति दिए । पुटिन पहिलोपटक सन् २००० मा राष्ट्रपति बनेका थिए ।

उनले दुई पटक चार-चार वर्षका कार्यकाल पूरा गरेका थिए । यसपछि उनका सहयोगी दिमित्री मेदेवदेव सन् २००८ मा राष्ट्रपति बनेका थिए । सन् २०१२ मा पुटिन पुनः सत्तामा आएका हुन् र २०१८ मा पनि उनले विजय हासिल गरे । बीबीसी

प्रतिक्रिया