तारकेश्वरबाट माछापोखरी आउँदै बस दुर्घटना, २० जना घाइते


काठमाडौं – काठमाडौंको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेर २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासस्थित उकालो चोकमा पल्टिएको हो। स्थानीयका अनुसार सडकमा गुडिरहेको मोटरसाइकललाई जोगाउने क्रममा बस असन्तुलित भई मुख्य सडकमै पल्टिएको बताइएको छ।

दुर्घटनापछि घाइते भएका यात्रुहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया