
तुइन खोलाको पहिरो पन्छाउने काम सुरू, थप पहिरो नखसे चार घन्टामा सडक खुल्ने
चितवन — शुक्रबार साँझदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो हटाउन सुरु गरिएको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले दुवैतर्फ सडक अवरुद्ध गरेपछि रातीको समयमा पहिरो खसिरहेकोले बिहानमात्र हटाउन सुरु गरिएको हो ।
रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको जनाइएको छ । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् ।
पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन हुने अपेक्षा गरिएको छ ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । तर साँझ ६ स् ०० बजेपछि एक्कासी ठूलो पहिरो आएपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् ।



कागजपत्र |
