एउटै कारागारबाट १८ सय कैदी–बन्दी भागे


काठमाडौं – नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको छन् ।

दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा अनधिकृत रुपमा प्रवेश गरेर ती बन्दुकधारीहरुले जथाभावी आक्रमण गरेको बताइएको छ । विद्रोहीको आक्रमणपछि पनि ३५ जना कैदीबन्दी भने नभागेको बताइएको छ ।

नाइजेरिय सरकारले प्रतिबन्धित विद्रोही चरमपन्थीले कारागारमा आक्रमण गरेको दावी गरेको छ । राष्ट्रपति मुहम्मद बुहारीले हतिरयारधारी समूहले नागरिकमाथि त्रास फैलाएको भन्दै निन्दा गरेका छन् ।

तर विद्रोहीले घटनाको जिम्मेवारी नलिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आक्रमणकारी केही सवारीसाधान र भौतिक संरचनामा समेत आगजनी गरेका छन् ।

गत जनवरीदेखि नाइजेरियाका विभिन्न शहरमा रहेका प्रहरी पोष्ट र सवारीसाधन तथा भौतिक संरचनाहरुमा आगजनी हुँदै आएको छ । त्यसैगरी ठूलो मात्रामा हतियार लुटपाटका घटनाहरु भइरहेका छन् । तर कसैले पनि त्यसको जिम्मेवारी नलिएको समाचारमा उल्लेख छ । बीबीसी

प्रतिक्रिया