झलनाथ खनालकी श्रीमतीको देब्रे हात काटियो


काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिइएको छ।

भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा आन्दोलनकारीले चित्रकारलाई घरमै जिउँदै आगो लगाएका थिए। त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको थियो।

उपचारको क्रममा हातमा संक्रमण (इन्फेक्सन) देखिएपछि चिकित्सकले देब्रे हात काट्नुपर्ने निर्णय गरेका थिए। झलनाथ खनालले पुष्टि गर्दै भने, “इन्फेक्सनको कारणले देब्रे हात काटेर फालिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। म निरन्तर उनीसँगै छु। अहिले उनी प्रतिक्रिया दिन थालेकी छन्।”

चिकित्सकका अनुसार, समयमै गरिएको शल्यक्रिया र उपचारले उनको जीवन सुरक्षित राख्न मद्दत गरेको छ।

 

प्रतिक्रिया