
९ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – बुधबार १ हजार रूपैयाँले घटेको सुनको मूल्यमा आज् पनि गिरावट आएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ९ सय रूपैयाँ प्रतितोलाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।



कागजपत्र |
