
इटहरी उपमहानगरमा भुइँमै कार्यपालिका बैठक
विराटनगर – जेनजी आन्दोलनका क्रममा क्षति पुगेको इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा भुइँमै कार्यपालिका बैठक बसेको छ।
अराजक समूहको निशानामा परेको इटहरी उपमहानगरको कार्यालय भवन तोडफोड र आगजनीपछि प्रयोगयोग्य नभएपछि कार्यपालिकाले मंगलबार खाली भुइँमै बैठक गरेको हो।
मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित कार्यपालिका सदस्यहरू खुलेआम भुइँमै बस्दै औपचारिक बैठक सञ्चालनमा जुटेका थिए।
भदौ २४ गतेको प्रदर्शनका क्रममा मेयर पौडेल बस्ने भवनसँगै उनको निजी घरमा समेत प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।



कागजपत्र |
