सुन प्रतितोला १९ सय रुपैयाँ बढ्यो


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

सुन प्रतितोला १९ सय रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया