
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
काठमाडाैं – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
मन्त्री खनालले पदभार ग्रहण गर्नासाथ पहिलो निर्णयका रूपमा टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।



कागजपत्र |
