
मध्यरातमा प्रधानमन्त्री सुशीलालाई चेतावनी, ‘जुन ठाउँमा लगेर राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छुु’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन्।
उनीहरूले प्रदर्शनका क्रममा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ।
जेनजीका अगुवा सुजन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ। केही युवाले गुरुङका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, ओमप्रकाश अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि जेनजीमा विवाद चुलिएको हो। अन्य नाममा विवाद नगरेका उनीहरुले अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।
सुजन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन्। ‘यो ओमप्रकाश लयर आफैँले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।



कागजपत्र |
