
प्रतिनिधिसभा विघटन गरिने, आजै सुशीलाको नेतृत्वमा नयाँ सरकार !
काठमाडौं – प्रतिनिधिसभा विघटन गरिने भएको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि अन्तरिम सरकार गठन गरी प्रतिनिधिसभा विघटन गर्ने सहमति जुटेको जनाइएको छ ।
यससँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाइने पनि जनाइएको छ ।
सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई आजै सो पदमा नियुक्त गर्ने भएका हुन् ।
राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् ।



कागजपत्र |
