

बेलायतमा कोरोना खोप लगाउने ७ जनाको मृत्यु

लण्डन – बेलायतमा कोरोना भ्याक्सिन लगाएका सातजनाको मृत्यु भएको छ । अक्सफोर्ड–एस्ट्रोजेनेकाको कोरोना खोप लगाएमध्ये २३ जना गम्भीर बिरामी परेका छन्।
यस्तै,सुरुमै अक्सफोर्ड–एस्ट्रोजेनेकाको खोप लगाएका ३० जना गम्भीर बिरामी परेका थिए। सबै बिरामीलाई अस्पताल भर्ना गरिएको छ ।
खोप लगाएका ती व्यक्तिको टाउकोमा रगत जमेको बताइएको छ। तीमध्ये सातजनाको मृत्यु र २३ जना गम्भीर बिरामी परेका छन् ।

