जेन-जीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति


काठमाडौं – भ्रष्टाचारविरुद्ध सोमबार माइतीघरमा हुने प्रदर्शनलाई काठमाडौं जिल्ला प्रशासनले अनुमति दिएको छ। स्थानीय प्रशासनले निषेधित क्षेत्रमा प्रवेश नगर्ने सर्तमा प्रदर्शन गर्न अनुमति दिएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले भने, “प्रचलित कानुनको अधीनमा रहेर, तोडफोड नगर्ने शर्तमा हामीले प्रदर्शन गर्न अनुमति दिएका छौँ।”

स्वतन्त्र नेपाली युवाहरूले भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेका छन्। कार्यक्रम संयोजक सबल गौतम र पुरुषोत्तम यादवले युवाहरूको स्वतन्त्र सहभागिता रहने जनाएका छन्। साथै, शान्तिसुरक्षाको व्यवस्थाका लागि स्थानीय प्रशासनसँग आग्रह पनि गरेका छन्।

यो प्रदर्शनमा २८ वर्षमुनिका जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध आवाज उठाउनुका साथै सामाजिक सञ्जाल बन्दको पनि विरोध गर्नेछन्। काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लगायतले आन्दोलनलाई समर्थन जनाएका छन्।

प्रतिक्रिया