प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक लाइभ प्रभावित


काठमाडौं- सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेपछि संघीय संसद्को प्रत्यक्ष प्रसारण (लाइभ) प्रभावित हुने भएको छ।

सभामुख देवराज घिमिरेले संसद् सचिवालयलाई वैकल्पिक प्रसारण प्रणालीको तयारी गर्न निर्देशन दिइसकेका छन्। सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, प्रसारण व्यवस्थापन र सूचना प्रवाहको वैकल्पिक माध्यमको खोजी तत्काल अघि बढाइएको छ।

संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रत्यक्ष प्रसारण हुँदै आएको छ। यस्तै, सांसदहरूले बैठकमा गरेका अभिव्यक्ति र कार्यवाहीसम्बन्धी भिडियोहरू संसद् सचिवालयको आधिकारिक युट्युब च्यानलमार्फत पनि उपलब्ध हुँदै आएका छन्।

तर, बिहीबार सरकारको निर्णयअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द भएपछि संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षामा समस्या देखिएको हो।

यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक २५ भदौमा र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्ने कार्यक्रम छ।

प्रतिक्रिया