खुल्यो झापा इनर्जीको आईपीओ, कहिलेसम्म छ भर्ने म्याद ?


काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला शुक्रबार (भदौ २० गते) बाट सुरु भएको छ।

कम्पनीले पहिलो चारणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले ३८ लाख एक हजार नौ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।

कम्पनीले आयोजना प्रभावितलाई तीन लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता शेयर बिक्री गरेको छ।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म बिक्री खुला गरिएको थियो। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ।

प्रतिक्रिया