
अछाममा दुई किशोरी जंगलमा मृत फेला
अछाम – अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई किशोरी मृत फेला परेका छन्।
प्रहरीका अनुसार मृतकमा रानिवनका सर्पे कामीकी १५ वर्षीया छोरी साउनी बिक र कमल बिककी १२ वर्षीया छोरी प्रेमकला बिक रहेका छन्। उनीहरूको शव शुक्रबार बिहान स्थानीय जंगलमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।
परिवारका सदस्यहरूले बिहीबार रातिदेखि नै दुवै किशोरी सम्पर्कविहीन भएको भन्दै खोजी कार्य सुरु गरेका थिए। खोजीकै क्रममा शुक्रबार बिहान उनीहरूको शव भेटिएको प्रहरीको भनाइ छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा दुवैले आत्महत्या गरेको अनुमान गरिएको भए पनि वास्तविक कारण भने खुल्न बाँकी छ।
अचानक दुई किशोरीको मृत्यु भएपछि गाउँ नै स्तब्ध बनेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
