
नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादबाटै समाधान गर्ने सरकारको भनाई
काठमाडौं- सरकारले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने अडान स्पष्ट गरेको छ।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका विवादित भू–भागबारे सरकार सदैव संवादमै आधारित भएर समाधान खोज्ने नीति रहेको बताए।
भारत–चीनबीचको पछिल्लो समझदारीअनुसार लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चिनियाँ समकक्षीसमक्ष आफ्नो धारणा प्रस्ट पारिसकेको गुरुङले जानकारी दिए।
उनका अनुसार चिनियाँ राष्ट्रपतिले यो मुद्दा नेपाल र भारतको आन्तरिक विषय भएकाले चीनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट जवाफ दिएका छन्। साथै, दुई देशबिचको आपसी समझदारीका आधारमा नेपालको भूमि अतिक्रमण नहुने आश्वासनसमेत दिएको प्रवक्ता गुरुङले बताए।



कागजपत्र |
