
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच
काठमाडाैं- शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओली र कंबोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच दुईपक्षीय भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल–कंबोडियाबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रमा सहयोगको सम्भावना तथा विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा पनि दुवै नेताबीच विचार विमर्श भएको छ।
भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उपस्थित रहेका थिए।



कागजपत्र |
