
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन्छ : मन्त्री गुरुङ
काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गरिने चेतावनी दिएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले सात दिनभित्र दर्ता गर्न सार्वजनिक आह्वान गरिसकेको उल्लेख गर्दै तोकिएको समयसीमा भित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द हुने स्पष्ट पारे।
उनका अनुसार यसअघि पटक–पटक दर्ताका लागि अवसर दिइए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम मौका दिइएको हो।
भाद्र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार र जबाफदेही बनाउन सात दिनभित्र सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको थियो।



कागजपत्र |
