रास्वपा केन्द्रीय सदस्य पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश


काठमाडौं – साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौच गरेको अभियोग उनीविरुद्ध थियो ।

सोही उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए ।

प्रतिक्रिया