
७ दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे तयारी
काठमाडाैं- सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण गर्नुपर्ने निर्णय गरेको छ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन कडाइ गर्ने निर्णय गरेको हो। यसअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्न आह्वान गरिएको छ।
सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेशअनुसार सरकारले यो कदम चालेको हो। तोकिएको समयमा सूचीकरण नगर्ने वा नेपाल सरकारसँग सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्रै सञ्चालन नहुने गरी अवरुद्ध गर्ने तयारी गरिएको छ।
यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्ले निर्देशन दिने निर्णय गरेको छ।



कागजपत्र |
