बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौं – बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । उनले चलाएको बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबार राति सवा ९ बजेतिर दुर्घटना भएको थियो ।

अनियन्त्रित मोटरसाइकल बा२ज ४९११ नम्बरको ट्याक्सीमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका केवीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।

त्यहाँबाट रेफर गरी मण्डिखाटारस्थित हेम्स अस्पताल लगिएकोमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए ।

ट्याक्सी चालक दीपक मोक्तानलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया