प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यक्रम


काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ । सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रम बारे जानकारी दिइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६, २०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन् ।

प्रतिक्रिया