रुबीको हत्या आरोपी लक्ष्मण भेटिए जलेको अवस्थामा


काठमाडौं – गत आइतबार सुटकेसभित्र मृत भेटिएकी रौतहट माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् ।

आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

अभियुक्त पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणी गिरिले जानकारी दिए । उनका अनुसार डिएसपी राजु कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।

प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको पाइएको छ ।

प्रतिक्रिया