बारामा वडाध्यक्षद्वारा शिक्षकलाई वडा कार्यालयमै कुटपिट


बारा – बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहामाथि एक शिक्षकलाई वडा कार्यालयमै बन्धक बनाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।

पर्सा बहुदरमाई घर भई प्रसौनी–६ बेलहियामा बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित करिब आठ जनाले मदिरा सेवनपछि नियन्त्रणमा लिएर नग्न बनाएर पिटेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

समाचार सार्वजनिक भएसँगै नेकपा माओवादी केन्द्रले वडाध्यक्ष कुशवाहालाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया