
४.८३ अंकले बढ्यो नेप्से
काठमाडौं- मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ६६.०९ विन्दुमा उक्लेर बन्द भएको छ । मंगलबार नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा करिब साढे १ अर्बले कारोबार रकम घटेको छ ।
सो दिन कारोबारमा आएकामध्ये १०१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घट्यो । यसरी सेयर मूल्य बढ्ने भन्दा घट्ने कम्पनी बढी भएपनि समग्र नेप्सेमा भने करिब ५ अंकको सुधार भएको हो ।
सो दिन ४५ हजार १ सय १६ पटकको कारोबारमा ९२ लाख ४३ हजार ३ सय ३२ कित्ता सेयर किनबेच भए । उक्त किनबेचमा ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार नेप्सेमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमाको परिसूचक घटे । तर, बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से करिब ५ अंकले बढेको हो ।



कागजपत्र |
