सुक्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडाैं- सुक्खा पहिरो जाँदा धादिङस्थित पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुका साढे ५ बजे धादिङकाे गजुरी गाउँपालिका–५, गलौदीमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । पहिरो खसेको स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक विकास थापाको कमाण्डमा १० जनाको टोली खटिएको जनाइएको छ ।

 

प्रतिक्रिया