
भियतनामी उपराष्ट्रपतिलाई नेपाली सेनाको ‘गार्ड अफ अनर’
काठमाडौं- भियतनामकी उपराष्ट्रपति भो थि आन्ह जुआन तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेकी छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा आएकी उनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
उपराष्ट्रपति सुआनलाई विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका हुन्। उपराष्ट्रपति सुआनको सम्मानमा नेपाली सेनाले गार्ड अफ अनर पनि प्रदान गरेको छ।



कागजपत्र |
