
विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको प्रदर्शन, ५ बुँदे माग
काठमाडौं- विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालक संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विरोध प्रदर्शन गरेका छन्।
मंगलबार माइतीघर मण्डलामा भेला भएका उनीहरूले ‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेर सरकारको तयारीप्रति आपत्ति जनाए।
संगठनहरूले कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक–स्टेसनरी उपलब्ध गराउनुपर्ने र छात्रवृत्ति सम्बन्धी अधिकार विद्यालयलाई नै दिनुपर्नेजस्ता ५ बुँदे माग अघि सारेका छन्।
यसैबीच शिक्षा समितिले निजी विद्यालयलाई चरणबद्ध रूपमा गैरनाफामूलक बनाउने र १०–१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने सहमति गरिसकेको छ। तर, आन्दोलनरत संगठनहरूले भने आफ्ना माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।



कागजपत्र |
