नुवाकोटमा बाँदरको आक्रमणबाट किसानको मृत्यु


नुवाकोट- नुवाकोटको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय किसान गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट ज्यान गएको छ ।

बुधबार बिहान घरआँगनमा पसेर मकै खान खोजिरहेका बाँदरलाई धपाउने क्रममा उनीमाथि करिब एक सयभन्दा बढी संख्यामा रहेका बाँदरको फौजले एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणपछि अचेत भएका उनलाई उद्धार गरी तत्कालै उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको वडा अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए।

स्थानीयवासीका अनुसार घरबारीमा बाँदर पसेपछि गोकर्ण नेपालीले तिनलाई धपाउने प्रयास गरेका थिए । तर, ठूलो झुण्डमा रहेका बाँदर एकाएक आक्रामक बन्दै उनको शरीरभर आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया